प्रतिनिधि सभाको आयु सकिएपनि महाअभियोग निष्क्रिय र कमजोर हुँदैन : मीन विश्वकर्मा

भाद्र २९, २०७९ | kathmandu

महाअभियोग सिफारिस समितिका सदस्य, एवं कांग्रेस नेता मीन विश्वकर्माले सकेसम्मै यही प्रतिनिधि सभाबाटै महाअभियोग प्रस्ताव पारित गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम दि हेडलाइनर्समा कुरा गर्दै विश्वकर्माले समितिले बाँकी रहेको ४ दिनभित्रै प्रतिवदेन बुझाउने र कथनकदाचित यो सदनबाट यसको टुंगो नलागे, प्रतिनिधि सभाको नवनिर्वाचित सभाले पनि यसलाई अघि बढाउन सक्ने कानून आधार रहेको बताउनुभएको हो ।


प्रतिक्रिया