आगामी संसदले राष्ट्रपतिविरुद्ध महाअभियोग हैन धन्यवाद प्रस्ताव पारित गर्छ : निरज आचार्य

आश्विन ७, २०७९ | kathmandu

नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले निर्वाचनपछि चुनिने नयाँ संसदले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग नभइ धन्यवादको प्रस्ताव पारित गर्ने बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले गैरनागरिकलाई नागरिक नबनाउनका लागि राष्ट्रपतिले लिएको अडानको आगामी संसदले सह्राना गर्ने बताउनुभयो । गठबन्धनको नाममा बालुवाटारमा बसेर निर्णय गर्ने र त्यसलाई प्रतिनिधिसभामा लाद्ने काम पाँच दलले गरेको आचार्यले बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले एमालेले समानुपातिकतर्फको बन्द सूचीमा यसपटक नयाँ अनुहारलाई प्राथमिकता दिएको र प्रत्यक्षतर्फको निर्वाचनमा पनि जित्ने आधार भएका र युवा नेतृत्वलाई अघि बढाउने बताउनुभयो । दलहरुको व्यवहारले आजित भएका नागरिकले स्वतन्त्रलाई एकपटक मौका दिए पनि दलीय व्यवस्थामा राजनीतिक दलको बिकल्प सच्चिएको राजनीतिक दलमात्रै हुने उहाँको तर्क थियो ।


प्रतिक्रिया