मेरो निर्वाचन क्षेत्रमा गडबडी भयो: झलनाथ खनाल

मंसिर १५, २०७९ | kathmandu

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नम्वर–१ मा मतगणनामा गडबडी भएकाले आफू पराजित भएको दावी गरेका छन् । हारलाई आफूले ठूलो रुपमा नलिएपनि मतगणनामा देखिएको गडबडीबारे निर्वाचन आयोगलाई समेत जानकारी गराएको खनालको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै उनले समानुपातिकतर्फ गठबन्धनका दलहरुले प्राप्त गरेको मतका आधारमा आफू जित्ने अवस्था भएपनि त्यसो हुन नसकेको चर्चा गरे । पराजित भएपनि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न आफू लागि पर्ने खनालको भनाइ छ ।

अर्को प्रसंगमा उनले कसैको बहुमत नआएपनि अहिलेकै गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।


प्रतिक्रिया