Stories By 'अर्जुन शाह'
सुदूरपश्चिममा डेंगुका बिरामीहरुको संख्या दिनदिनै बढ्दै गएको छ । बिहीबार अपरान्ह सम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीको संख्या ७७ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डेंगुका ३२ र स्क्रव टाइफसका बिरामी ४५ छन् ।
पूरा पढ्नुहोस्
धनगढीको शहिद गेट नजिक रहेको निलम होटलमा हिजो भएको विष्फोटका घाइते मध्ये एकजनाको मृत्यु भएको छ । विष्फोटमा परि गम्भिर घाइते भएका राम बहादुर सिंहको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङका स्थायी बासिन्दा रहेका उनको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । 
पूरा पढ्नुहोस्
कैलालीको धनगढीस्थित शहीद चोक नजिकै निलम होटेलमा बम विफोट भएको छ । विस्फोटमा परि ५ जना घाईते भएका छन् । घाईते राम सिंह, लक्ष्मण सेरेला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया–मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।
पूरा पढ्नुहोस्
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकै दुई तिहाई सांसदहरुले असन्तुष्टि जनाएका छन् । बजेटमा सांसदहरुको असन्तुष्टि बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई सम्हाल्नै हम्मे भएको देखिएको छ ।
पूरा पढ्नुहोस्
कैलाली–कञ्चनपुरमा मंगलबार बिहान फेरि हावाहुरी चलेको छ । हुरीसँगै वर्षा हुन थालेपछि गत बिहीबारको हुरीले घरको छानो उडाएका परिवारहरु थप समस्यामा परेका छन् ।
पूरा पढ्नुहोस्
बिहीबार राति आएको हावाहुरीका कारण कैलालीमा २ जनाको मृत्यु हुनुका साथै ठूलो संख्यामा घाइते भएका छन् । भौतिक क्षति पनि उत्तिकै ठूलो मात्रामा भएको छ । टीकापुर नगरपालिका २ मा परखाल भत्केर लाहनु डगौराको मृृत्यु भएको छ ।
पूरा पढ्नुहोस्