Stories By 'दुर्गालाल केसी '
दाङमा दिनहुँ डेंगुका बिरामी बढ्दै गएका छन् । मंगलबारसम्म ६९ जना बिरामीमा डेंगु देखापरेको छ । जसमध्ये ३९ पुरुष र ३० महिला छन् । तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा बढी २२ पुरुष र १६ महिला गरी ३८ जना बिरामी देखापरेको जनस्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन कमल चन्दले बताउनुभयो ।
पूरा पढ्नुहोस्
 तुलसीपुर उपमहानगरपालिका वडानं. ६ बालश्रममुक्त घोषणा भएको छ । बालश्रमिकहरुको संख्या शुन्य भएपछि आज बालश्रममुक्त घोषणा गरिएको हो । सर्वेक्षणका क्रममा १३ बालश्रमिक फेला परेको र उनीहरुलाई परिवारमा पुनर्स्थापना गरिएपछि बालश्रममुक्त घोषणा गरिएको वडा अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजा फर्कने हल्लाको पछि नलाग्न आगह गर्नुभएको छ । प्रेस यूनियनले आज दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले प्रतिगामीहरुले राजतन्त्र फर्कने हल्ला चलाएको बताउनुभयो । अब राजतन्त्र फर्कन सम्भव नभएको र यसको पछि नलाग्न उहाॅले सबैलाई अनुरोध गर्नुभयो ।
पूरा पढ्नुहोस्
दाङमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । आजसम्म १५ जना बिरामीमा डेंगु देखापरेको जनस्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन कमल चन्दले बताउनुभयो ।
पूरा पढ्नुहोस्
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट भालुबाङतर्फ जाँदै गईरहेको रा ३ प २०६१ र विपरीत दिशाबाट आउँदै गरेको लु १९ प ५५०६ नम्बरको मोटरसाइकल राप्ती गाउँपालिका ८ पिपरीमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
देवः विकास बैंकको दाङको नारायणपुरस्थित शाखामा भएको रकम हिनामिनामा ५० जनाको संलग्नता रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । शाखा प्रमुख समिर बुढाथोकी पक्राउ परेपछि प्रहरी अनुसन्धानका क्रममा थप ४९ जनाको संलग्ना देखिएको हो ।
पूरा पढ्नुहोस्