Stories By 'देवनारायण साह'
अनिकाल व्यहोरेर काल पर्खेर ज्येष्ठ नागरिकहरु बस्नुभएको छ देश ढुकेर,पासपोर्ट नभएर नागरिकता पर्खेर अनिष्ट नागरिकहरु बस्नुभएको छ उमेर नपुगेर ।देशलाई गर्ने मान्छे छैन, नागरिकलाई गरिखाने ठाउँ छैन । 
पूरा पढ्नुहोस्
चोरी तस्करी बढेपछि मोरङको विराटनगर भन्सार कार्यालयमा खाद्यान्न आयातमा कमी आएको छ । गत आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालयमा विगत वर्षभन्दा १७ दशमलव १४ प्रतिशत कम खाद्यान्न आयात भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गत वर्ष ७ अर्ब ८८ करोड ९१ लख ४५ हजार मूल्य बराबरको २ लाख ५० हजार ८ सय १८ मेट्रिक टन खाद्यान्न आयात भएको छ ।
पूरा पढ्नुहोस्
भारतबाट आयात भएका आलुमा अत्यधिक विषादी पाइएको छ । सुनसरीको भण्टाबारी भन्सार कार्यालयबाट परीक्षणका लागि ल्याइएको आलुमा अत्यधिक विषादी पाइएकोले आयातमा रोक लगाइ क्वारेण्टाइनको निगरानीमा राखिएको हो ।
पूरा पढ्नुहोस्
प्रतिकूल मौसमका कारण हेलिकप्टर उड्न नसकेपछि उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा आज खाद्यन्न ढुवानी हुन सकेन । लिम्चुङबुङ गाउँपालिकामा खाद्यन्न ढुवानीका लागि तयारी अवस्थामा रहेको हेलिकप्टर प्रतिकूल मौसमका कारण उडान उड्न नसकेको हो ।
पूरा पढ्नुहोस्
प्रदेश १ सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरेको छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार दुबै गाउँपालिकाका लागि आवश्यक खाद्यन्न पठाएको हो ।
पूरा पढ्नुहोस्
जोगबनीको मिरगञ्जस्थित प्रमाण नदीको पुलमा बाढीले क्षति पुग्ने भन्दै भारतले रोक लगाएको सवारी अवागमन बुधबारबाट सञ्चालनमा आएको छ । विराटनगरसँग जोडिएको एकमात्र भारत बिहारको एनएच ५७ ए फारबिसगंज–जोगबनी सडक खण्डको उक्त पुलमा बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै अररिया जिल्ला प्रशासनले गत शनिबारदेखि सवारी अवागमनमा रोक लगाएको थियो ।
पूरा पढ्नुहोस्