Stories By 'बासु खड्का'
पार्टी एकताको बाँकी काम अन्तिम चरणमा पुर्‍याएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपालाई कार्यविभाजन टुङ्ग्याउन सकस भएको छ । विभागको भागवण्डा मिलाएपनि विभागको नेतृत्व लिने आकांक्षी धेरै भएपछि नेतृत्वलाई सकस परेको हो ।
पूरा पढ्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । लामो समयपछि आज बसेको सचिवालय बैठकले पार्टी एकीकरणको सम्पूर्ण प्रक्रिया टुंगो लगाउने नेताहरुले बताएपनि कार्यविभाजनसहितको काम भने टुंगो लगाउन सकेन ।
पूरा पढ्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकता भएको १४ महिनापछि एकताको बाँकी काम टुङ्ग्याएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज साँझ भएको छलफलमा एकीकरण प्रक्रियाका बाँकी रहेका सवै काममा सहमित जुटेको हो ।
पूरा पढ्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको बाँकी काम सक्न पटक–पटक समय तोकेपनि आन्तरिक विवाद व्यवस्थापन हुन नसक्दा टुंगिन सकेको छैन । गत वर्षको जेठ ३ गते तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा हुँदा ३ महिनाको भाका राखेका नेकपा नेताहरुले बारम्बार समय सार्दै आएका छन् ।
पूरा पढ्नुहोस्
आगामी आर्थिक वर्ष २०७६/०७७ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ । अर्थमन्क्री युवराज खतिवडाले गत शुत्रबार पेस गर्नुभएको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भन्ने प्रस्तावमाथि आजबाट छलफल सुरु भएको हो ।
पूरा पढ्नुहोस्
सरकारले हिजो संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ६ वटा संसोधन परेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २३ जनाको हस्ताक्षर सहित संयुक्त, राष्ट्रिय जनता पार्टी राजपाले ४ वटा र नेमकिपाले एउटा संशोधन दर्ता गराएका हुन् ।
पूरा पढ्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा आज बसेको संसदीय दलको बैठकमा प्रतिपक्षी दलले दर्ता गराएको संशोधन मध्ये प्रधानमन्त्रीले स्वीकारेको बाहेकको विषयको विपक्षमा मतदान गर्न नेकपाले निर्देशन दिएको हो ।
पूरा पढ्नुहोस्