Stories By 'लक्ष्मी साह'
भारतीय सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १९ केजी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । बाराको सीमावर्ती सिम्रौनगढ नगरपालिका–६, सतुवाही गाउँबाट सो परिमाणको चाँदी सहित बारागढी गाउँपालिका–६ का मुक्ति साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
बारा सदरमुकाम कलैयामा रहेको एनसीसी बैंक लुट्न खोज्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बैंक लुटेको आरोपमा कलैया उपमहानगरपालिका–१६ का १७ वर्षीय रोशन कुसवाहालाई प्रहरीले पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
पूर्व–पश्चिम राजमार्गमा लुटेराहरु सल्बलाउन थालेका छन् । सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोष्ट ‘पिकेट’ राजमार्गबाट हटाईएपछि लुटेराहरु पुनः सल्बलाउन थालेका हुन् । केही बर्षअघि मकवानपुरको चुरियामाईदेखि रौतहटको धन्सर खोला छेउसम्मको राजमार्गमा अपहरण, लुटपाट र हत्याका घटना हुने गरेका थिए । राजमार्गमा सुरक्षा चुनौती बढेपछि सुरक्षा निगरानीमा कडाइ गरिँदा अपराधिक क्रियाकलाप घटेको थियो ।
पूरा पढ्नुहोस्
गत साता बारा र पर्सामा आएको हावाहुरीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ । भीषण हुरीको चपेटामा परी घाइते भएका थप दुई जनाको मृत्यु भएको हो । हावाहुरीमा परी बारामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । पर्सा जिल्लाको एक र बाराको २८ गरी दुबै जिल्लामा गरी मृत्यु हुनेको संख्या २९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
असिना पानीसँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३५ जनाको मृत्यु भएको प्रदेश २ सरकारले जनाएको छ । रौतहटमा समेत गरी ५ सय बढी घाइते भएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको बताउनुभयो । 
पूरा पढ्नुहोस्
असिना र पानीसँगै आएको हावा हुरीले मध्य तराईको बारा, पर्सा र रौतहटमा ठूलो धनजनको क्षति भएको छ । हावाहुरीले बारा जिल्लाको विभिन्न ठाउँमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । 
पूरा पढ्नुहोस्