Stories By 'वेदराज पौडेल'
सुनसरीको इनरुवा नगरपालिकामा चार जनामा डेंगुको संक्रमण फेला परेको छ । सचेतना र विषादी छर्दाछर्दै पनि इनरुवामा डेंगुका चार बिरामी फेला परेका हुन् । पछिल्लो समय इनरुवा नगरपालिका ९ बबियाका ३५ वर्षीय सराज अन्सारीमा डेंगुको संक्रमण भेटिएको इनरुवा अस्पतालका वरिष्ठ अहेव गुणानन्द झाले बताउनुभयो ।
पूरा पढ्नुहोस्
सुनसरीमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण ईटहरी गोल्डकपको उपाधि विभागीय त्रिभुवन आर्मीले उचालेको छ । ईटहरी रंगशालामा आज भएको फाइनलमा सिग्नेचर मनाङ मस्र्याङदीलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि सहित १६ लाख रुपैयाँ हात पारेको हो ।
पूरा पढ्नुहोस्
सुनसरीमा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमिफाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
पूरा पढ्नुहोस्
नेपाल पुलिस क्लब, सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा प्रदेश ७ लाई २ सय रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले फाईनलमा स्थान बनाएको हो ।
पूरा पढ्नुहोस्
प्रदेश ७ सुनसरीमा जारी मनमोहन स्मृति वान डे क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा पराजित भएपनि प्रदेश ७ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । भारतको सुपौलले आज प्रदेश ७ लाई १ विकेटले हराएपनि नेट रनरेटका आधारमा प्रदेश ७ ले अन्तिम ४ मा स्थान बनायो । 
पूरा पढ्नुहोस्
सुनसरीमा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश ७ विजयी भएको छ । समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश ७ ले, प्रदेश ५ लाई १ सय १८ रनले पराजित गर्‍यो ।
पूरा पढ्नुहोस्