Stories By 'हरि गौतम'
मौसमी प्रतिकूलताका कारण राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । बाग्लुङको ढोरपाटनबाट पोखराका लागि उडेको प्रभु कम्पनीको हेलिकोप्टर रुकुम पूर्वको भूमे गाउँपालिका–६, स्थित बाल जनजागरण आधारभुत विद्यालय रिसालचौरमा अवतरण गरिएको हो ।
पूरा पढ्नुहोस्
प्रतिबन्धित नेक्र वित्रम चन्द नेतृत्वका समूहको केन्द्रीय सदस्य सहित ३ जना पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका–६, मुरुबाट सो पार्टीका केन्द्रीय सदस्य सोही गाउँपालिका वडा नम्बर २ का ४८ वर्षीय श्यामबहादुर बोहरा पक्राउ परेका हुन् ।
पूरा पढ्नुहोस्
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ परेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५, बाट जिल्ला अध्यक्ष डिल्लीराज शर्मा पक्राउ परेका हुन् ।
पूरा पढ्नुहोस्
 चालू आर्थिक वर्षमा खर्च गर्ने गरी रुकुम पश्चिमका लागि थप १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय सरकारले जिल्लाका ४ स्थानीय तहलाई १४ करोड ७१ लाख ९२ हजार रुपैयाँ बजेट खर्च गर्ने गरी थप गरेको हो । विशेष र समपुरक अनुदान शीर्षकमा उक्त बजेट आएको हो ।
पूरा पढ्नुहोस्
दुर्लभ वन्यजन्तु रातो हाब्रे अर्थात रेड पाण्डाको छाला सहित रुकुम पश्चिमबाट १ जना पक्राउ गरेका छन् । प्रहरीले रेड पाण्डाको ३ वटा छाला सहित बाफिकोट गाउँपालिका–३, कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
रुकुम पूर्वको अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालयले गत आइतबार जारी गरेको निषेधाज्ञा जारी राख्दै गएरातीबाटै ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेको छ ।
पूरा पढ्नुहोस्