खेलकुद

आश्विन ५, २०७६
डिफेन्डिङ च्याम्पियन नेपाल घरेलु मैदानमा जारी साफ अन्डर १८ फुटबल प्रतियोगितामा भुटानसँग पराजित भएको छ । काठमाडौको हल्चोकस्थित एपीएफ मैदानमा समुह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भुटानसँग ३–० ले पराजित भएको हो ।
पूरा पढ्नुहोस्
आश्विन ५, २०७६
स्प्यानीश ला लिगा मा डिफेण्डिङ च्याम्पियन बार्सिलोना नवप्रवेशी ग्रानाडासँग स्तब्ध भएको छ । बार्सालाई गएराति २–० ले हराएको ग्रानाडा १० अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको दोस्रो मिनेटबाटै ग्रानाडाले अग्रता लिएको थियो ।
पूरा पढ्नुहोस्
प्रदीप मेन्याङ्बो, आश्विन ४, २०७६
एन्फा एकेडेमी म्यानेजमेन्ट कमिटी धरानद्वारा आयोजित प्रथम प्रदेश १ स्तरीय यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि धरानको एन्फा एकेडेमी जितेको छ । शनिबार सम्पन्न फाइनलमा मोरङको एम्ब्रीय एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै धरानको एन्फा एकेडेमीले उपाधि जितेको हो ।
पूरा पढ्नुहोस्
प्रदीप मेन्याङ्बो, आश्विन ४, २०७६
बुढासुव्वा गोल्डकप फुटवल प्रतियोगिताको २२ औं संस्करण आगामी मंसिरमा हुने भएको छ । धरान फुटबल क्लबद्वारा आयोजना हुँदै आएको प्रतियोगिताको आगामी मंसिर १९ गतेदेखि २८ गतेसम्म धरान–१६ स्थित धरान रङ्गशालामा हुने भएको छ ।
पूरा पढ्नुहोस्
हरिराम उप्रेती, आश्विन ३, २०७६
संविधान दिवसको अवसरमा भएको खुल्ला दौड प्रतियोगीतामा सिरानचोक गाउँपालिका–३ हर्मीका सन्दिप ढकाल पहिलो भएका छन् । लक्ष्मी बजार देखि बसपासपार्क सम्मको निर्धारित चार किलोमिटर दूरी उनले १९ मिनेट २० सेकेण्डमा पार गरे ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, आश्विन २, २०७६
दुई नयाँ अनुहार समेट्दै सिंगापुरमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । सिंगापुरमा सेप्टेम्बर २७ बाट सुरु हुने प्रतियोगिताका लागि पारस खड्काको कमानीमा नेपाली टोली घोषणा गरिएको हो । उपकप्तानको जिम्मा दिपेन्द्रसिंह ऐरीले पाएका छन् ।
पूरा पढ्नुहोस्
माधव घिमिरे, आश्विन २, २०७६
सुनसरी सदरमुकाम इनरुवामा असोज पहिलो साता दोस्रो रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फूलबारी क्रिकेट क्लबको आयोजनामा इनरुवास्थित खेल मैदानमा हुने प्रतियोगितामा तीन विभागीय सहित १६ वटा टिमको सहभागिता हुने भएको छ ।
पूरा पढ्नुहोस्
भाद्र ३१, २०७६
च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आज सुरु हुँदैछ । गत संस्करणको लिग विजेता लिभरपुलले नेपोलीसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुवात गर्दैछ । लिभरपुलका जर्जेन क्लोपले आफूहरु गत संस्करणको विजेता भएपनि युरोपको उत्कृष्ट टोली रहेको नमान्ने बताएका छन् ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, भाद्र ३१, २०७६
नेपालमा आयोजना हुने साफ अण्डर १८ च्याम्पियनसिप फुटबलको लागि २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले अन्तिम टोलीको घोषणा गरेका हुन् ।
पूरा पढ्नुहोस्
भाद्र ३१, २०७६
एएफसी अण्डर १६ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बलियो टोली कुवेतविरुद्ध एक एकको बराबरी खेलेको छ । जोर्डनमा गएराती भएको खेलमा ७४ औँ मिनेटमा दिपेश राईको गोलबाट बनाएको अग्रता जोगाउन नसक्दा नेपाल अंक बाँड्न बाध्य भएको थियो । ईज्युरी समयमा कुवेतले पेनाल्टिमार्फत गोल गर्दै नेपालसँग अंक खोसेको थियो । अब्दुलवहाव अल हिन्दीले कुवेतका लागि बराबरी गोल गरेका थिए ।
पूरा पढ्नुहोस्
प्रकाश पाठक, भाद्र ३०, २०७६
नेपाल क्रिकेट संघ क्यानको निर्वाचन एक साता पछि सरेको छ । स्वतन्त्र कमिटीले घोषणा गरेको निर्वाचन मितिमा राष्ट्रिय खेलकुद परिषद राखेपले असहमति जनाएपछि आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी र राखेपबीचको छलफलले निर्वाचन १ साता पछि सारेको हो ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, भाद्र २९, २०७६
एएफसी अण्डर १६ छनोट फुटबलको पहिलो खेलमा नेपाल, आयोजक जोर्डनसंग ७–० को फराकिलो अन्तरले पराजित भएको छ । गएराती भएको खेलमा बलियो टोली जोर्डनले नेपालविरुद्ध शानदार जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो ।
पूरा पढ्नुहोस्