लमजुङ डायरी

श्रावण ११, २०७७ | लमजुङ

नेपालका ब्राम्हण समुदायले आज पहिलोपटक हलो जोतेको दिन । लमजुङको सुन्दरबजार नगरपालिका–४, दुराडाँडाको अर्चल्यानीको बाटेगरामा २७ जना बाहुनले २००६ साउन ११ गते नेपालमै पहिलोपटक हलो जोतेको दिनको रुपमा लिइन्छ । राणा शासकले व्यक्तिगत स्वतन्त्रता समेत नदिइरहेको बेला गरिएको हलोक्रान्तिले कृषि, जातीय विभेद र आर्थिक क्रान्तिको सुरुवात गरेको मानिन्छ । यही दिनको सम्झनामा आइतबार दुराडाँडाको अर्चल्यानी बाटेगरामा औपचारिक कार्यक्रम गरी २७ जना ब्राम्हणको सम्झना गरिएको छ । पण्डित तोयानाथ अधिकारीसंगै लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिलाल पौडेल लगायतले पालैपालो हलो जोतेका थिए । ‘हलोक्रान्ति’ को नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीको २०२२ सालमा निधन भएको थियो । सबैभन्दा कान्छो मायानाथ पौडेलको २०७३ जेठ २८ गते निधन भएको थियो । त्यसअघि २०७१ पुस ३० गते विष्णुप्रसाद अधिकारीको निधन भएको थियो । हलो जोतेको आरोपमा उनीहरुलाई गाउँ निकाला गरिएको थियो । मुख्य ३ जनालाई तत्कालीन सरकारले मुद्दा समेत चलाएको थियो । २००६ साउन ११ गते लमजुङको दुराडाँडामा हलोक्रान्ति भएपछि २००६ सालकै पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ बैशाखमा अर्घखाँची र गोरखा साथै २००८ मा स्याङ्जा हलो जोत्ने अभियान सुरु भएको विभिन्न कृति तथा लेखहरुमा पाइन्छ ।

लमजुङका सामुदायिक विद्यालय खुल्न थालेका छन् । सरकारले लकडाउनको अन्त्य गरेसँगै विद्यालयमा पठनपाठन थालिएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणले ४ महिना लामो लकडाउनका कारण विद्यालय बन्द हुादा पठनपाठन प्रभावित भएको भन्दै विद्यालय खुला गर्न थालिएको हो । बेंसीसहर नगरपालिका–३ बाहुनबेंसीको यशोब्रह्मा माविका प्रधानाध्यापक सूर्यप्रसाद बरालका अनुसार विद्यार्थीको पठनपाठनमा सहज बनाउन साउन ५ गतेबाट विद्यालय सञ्चालन गरिएको छ । दूधपोखरी गाउँपालिका २, दूधपोखरीस्थित कल्लाबारी माविमा आजदेखि पठानपाठन थालिएको विद्यालयका शिक्षक इतराज गुरुङले बताउनुभयो । विद्यालयले बिहान १० बजेदेखि दिउँसो सााढे १ बजेसम्म पढाउन थालिएको छ । एउटा बेन्चमा २ जना राखेर पढाउन थालिएको बेंसीशहर नगरपालिका ७ चण्डीडााडाको जनविकास माविका प्रधानाध्यापक खिला शर्मा धितालले बताउनुभयो । लकडाउनका कारण प्रभावित शैक्षिक क्षेत्रलाई सहज बनाउन शिक्षण सिकाई सहजीकरण गर्न हरेक स्थानीय तहले विद्यालयलाई अनुरोध गरेको छ ।

मस्र्याङ्दी गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको तलब गाउापालिका भित्र रहेका बाढी पहिरो पीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष, उपाध्यक्ष सहित ९ वटा वडाका ४८ जना जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बाढी पहिरो प्रभावितका लागि सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । सबै जनप्रतिनिधिको गरी सेवा सुविधा बापतको ७ लाख ४२ हजार रुपैयाा गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिने उहाँले बताउनुभयो । सो रकम बाढी पहिरोमा परी घाइते परिवार, घर पुरिएका तथा घरमा क्षति भएकाको व्यवस्थापन, उपचारमा आवश्यकता अनुसार खर्च गरिने उहाँले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीमा साउन ७ र ८ गते बिहान खसेको पहिरोले २१ घर पुरिएको थियो । ६१ घर जोखिम अवस्थामा रहेपछि उनीहरु विस्थापित भएका छन् । पहिरो प्रभावितलाई तत्काल उद्दार गरी छिमेकीका घर, विद्यालय, सामुदायिक भवनमा स्थानान्तरण गरिएको छ । पहिरोका कारण पल्लोटारीका ८२ घरका ३ सय ५० जनालाई विभिन्न सरकारी तथा गैरसकारी निकायको सहयोगमा खाद्यान्न र बासस्थानको व्यवस्थापन गरिएको वडा अध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

बेंसीसहर नगरपालिकाले चालू आर्थिक बर्ष २०७७/०७८ को योजनाको काम बैशाख मसान्तसमा सक्ने गरी कार्यतालिका बनाएको छ । भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गर्ने, भदौ १५ गते भित्र टेण्डर मार्फतका योजनाको लागत इस्टमेट तयार गर्ने, योजनाको लागत स्टिमेट असोज १५ भित्र गरिसक्ने, कार्तिक मसान्तसम्म उपभोक्ता समितिलाई तालिम दिने, पुस मसान्तसम्म योजना सम्झौता गर्ने र बैशाख मसान्तसम्म योजनाको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । गत आर्थिक बर्षमा करीब ८५ प्रतिशतमात्रै योजना सम्पन्न गरेको नगरपालिकाले यसवर्ष समयमै योजना सक्न तत्काल योजना अघि बढाउने निर्णय गरेको उहाँले बताउनुभयो । बेंसीसहर नगरपालिकाको चालू आर्थिक बर्षका लागि नगरस्तरीय २ सय ५ र वडास्तरीय २ सय ३ वटा गरी कुल ४ सय ८ वटा योजना रहेका छन् । बेसीशहर नगरपालिकाले चालू आर्थिक वर्षका लागि ७६ करोड १९ लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।


प्रतिक्रिया