रुपन्देही डायरी

भाद्र ४, २०७८ | रुपन्देही

कृषिकर्मी रोजगारी कार्यक्रमको लागि ४८ वटा रोजगारदाता संस्था स्वीकृत

लुम्बिनी प्रदेशमा कृषिकर्मी रोजगारी कार्यक्रमको लागि ४८ वटा रोजगारदाता संस्था स्वीकृत भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको लागि तराइका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलबस्तु बाँके र बर्दियाका कृषि फर्म तथा कम्पनी गरी ४८ वटा रोजगारदाता संस्था स्वीकृत भएको हो। 

यी रोजगारदाता संस्थाको लागि १ सय २१ कृषिकर्मीको संख्या तोकिएको छ । जस अनुसार नवलपरासीमा ११, रुपन्देहीका १२, कपिलबस्तुका २ बाँकेका ९ र बर्दियामा ८ वटा कृषिकर्मी रोजगारदाता फर्म स्वीकृत भएका हुन् । बाँकी जिल्लाको लागि सम्बन्धीत जिल्लाले नै सुचना निकाल्ने मन्त्रालयले जनाएको छ ।

यस्तै गत आर्थिक वर्षमा १ सय ५६ रोजगार दाता कम्पनी स्वीकृत भएका थिए । जसमा ४ सय १८ जना कृषिकर्मीले काम गर्ने छन् । गत आर्थिक वर्षको लागि २०७७ फागुन महिनामा कृषि कर्मी रोजगारदातास“ग सम्झौता भएको थियो । कृषि व्यवसायीलाई फाइदा पुगोस् र कृषि क्षेत्रमा लागेकाहरुले पनि जागिरको सुरक्षा महसुस गरुन् भनेर यो कार्यक्रम ल्याएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले बताउनुभयो ।

भीम अस्पताललाई कोभिड–१९ बेबी केयर इन्कुवेटर प्रदान

नमुना एकीकृत विकास परिषद् रुपन्देही (नमुना) र इनरव्हील क्लब अफ लुम्बिनीले भैरहवास्थित भीम अस्पताललाई कोभिड–१९ बेबी केयर इन्कुवेटर प्रदान गरेको छ । नमुना र इनरव्ही क्लबले एक कार्यक्रमका बीच अस्पताललाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले अस्पताललाई अत्यावश्यक सामग्री प्रदान गर्ने नमुना र इनरव्हील क्लबलाई धन्यवाद दिँदै सामाग्रीको सदुपयोग हुने बताउनुभयो । उहाँले सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन सम्पूर्ण क्षेत्रबाट सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । 

अध्यक्ष भण्डारीले कोभिड–१९ महामारी अघि सरकारी अस्पताललाई हेर्ने दृष्टिकोण फरक भए पनि पछिल्लो समयमा भने यो अस्पताललाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको बताउनुभयो । ‘

भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनलाई बुटवलमा सम्मान

भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनलाई बुटवलमा सम्मान गरिएको छ । उहाँलाई बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो । सो अवसरमा पुनले कोसिस जारी रहेपनि फाइनलसम्म जित्न नसकेको बताएका छन् ।

 उहाँले हजारौं नेपालीको साथ रहँदा पनि अन्तिमसम्म पुग्न नसेको प्रति शुभचिन्तकहरुसँग माफि मागेका छन् । उहाँले भन्नुभयो, भ्वाइस अफ नेपालको अन्तिमसम्म पुग्ने चाहाना थियो । कोशिस गरे तर पुग्न सकिन ।उहा“ले भ्वाइस अफ नेपालमा लुम्बिनी प्रदेशबाट पहिलो पटक फाइलिष्टसम्म पुगेको गर्व लागेको स्पष्ट पार्नुभयो।

विद्युतीय नक्सा पास प्रणाली सञ्चालनमा

तिलोत्तमा नगरपालिकाले नगरभित्रका १७ वटै वडाका घर निर्माण कार्यको दर्ता प्रक्रिया देखि नक्सा पास र घर सम्पन्न सम्म विद्युतीय नक्सा पास प्रणाली सञ्चालनमा ल्याएको छ । पुर्व तयारीको रुपमा अघिल्लो वर्ष बाटै गृह कार्य गरेर नगरमा यही भदौ देखि उक्त सेवा शुरु गरिएको नक्सा शाखाका प्रमुख इञ्जिनियर मानिस खनालले बताउनुभयो ।

नक्सा शाखामा बढी भिड हुने, सेवा ग्राहीलाई कागजपत्र बोकी धाइरहनुपर्ने झन्झटिलो कामलाई हटाउन अनलाइन मार्फत नक्सापास थालिएकोे नगरप्रमुख वाुदेव घिमिरेले बताउनुभयो । 

तिलोत्तमाका घर कलरकोड तथा सरकारको मापदण्ड अनुसार बनाउने कार्यले सफलता पाइरहेको भन्दै उहाँले तिलोत्तमा बासीलाई समयको मागसहित अघि बढाउन प्रविधियुक्त कार्यक्रम ल्याइएको बताउनुभयो । साथै भवनसंहिता पालना, स्थानिय मापदण्ड र नक्सा बनाउने प्रक्रिया पारदर्शी गर्न तिलोत्तमा नगरले यस्तो प्रक्रियाको थालनी गरेको उहाँको भनाई छ ।

 


प्रतिक्रिया