महोत्तरी डायरी

भाद्र ३१, २०७९ | महोत्तरी

महोत्तरीको बर्दिवासमा महिलाको प्रजनन स्वस्थ्य सम्बन्धि दुई दिने शिविर संचालन भएको छ । बर्दिवास नगरपालिका र लायन्स क्लब अफ बर्दिवासको संयुक्त आयोजनामा विजलपुरा स्वास्थ्य चौकिमा शिविर संचालन भएको हो । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा शिविरमा महिला रोग विशेषज्ञ डाक्टर दिपक साहले महिलाहरुको स्वाथ्य परिक्षण गरिरहेका छन् । शिविरमा एकैदिन जाँच गर्ने ४ सय ५० मध्ये ४० जना महिलाको पाठेघरको अप्रेशन गर्नुपर्ने समस्या देखिएको लायन्स क्लब अफ बर्दिवासकी सचिव सुमित्रा भट्टराईले जानकारी दिनुभयो ।  

उच्च शिक्षा अध्ययन गर्न थालेका महोत्तरी मटिहानीका ५३ जना छात्रालाई मटिहानी नगरपालिकाले साईकल वितरण गरेको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने नगरको लक्ष्य अनुसार मटिहानी ८ को राम माविका छात्रालाई साईकल वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरले ४ वर्षदेखि प्रत्येक साल नगरभित्रका विद्यार्थि छात्रालाई साईकल वितरण गर्दै आएको थियो । साईकलले छात्राहरुलाई विद्यालय पुग्न सहिजो होस र पढाईमा उत्प्रेणा मिलोस भन्नका लागि नगरले छात्राहरुलाई साईकल उपलब्धत्र गराउँदै आएको मेयर हरि प्रसाद मण्डलले बताउनुभयो ।  

नेपाल पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धि मधेस प्रदेश अन्र्तरगत बर्दिवासमा खुलेको नेथम कलेजले २ वर्षपछि आफ्नो पठनपाठन शुरु गर्न लागेको छ । २ वर्षसम्म कुन विश्वविद्यालय मार्फत संचालित हुने भन्ने अन्योलमा रहेको कलेजले आगामी असोज ४ गतेबाट आफ्नो पठनपाठन शुरु हुने जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा संचालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रष्तिठानले काठमाण्डौ विश्वविद्यालयसंग सहकार्य र सम्झौता गरेपछि कलेजको पठनपाठन शुरु गर्न लागिएको कलेजका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिनुभयो ।

महोत्तरीको मटिहानी नगरपालिस्थित दुधमती नदिमा निर्माण भएको झोलुङ्गे पुल संचालनमा आएको छ । नगरपालिकाका मेयर हरिप्रसाद मण्डले एक कार्यक्रमकाबीच पुलको उद्घाटन गर्नुभएको छ । मेयर मण्डलले उद्घाटन गरेसंगै पुल संचालनमा आएको हो । मटिहानीको गोबरौडा र घोरघास गाउँलाई जोड्ने ३२ मिटर लामो पुल ४५ लाख लागतमा निर्माण भएको नगरपालिकाले जनाएको छ । पुल उद्घाटनपछि नदिका कारण आवतजावतमा समस्या भोगिरहेका नगरवासी तथा आम मानिसलाई अब सहज भएको मयेर मण्डलले बताउनुभयो । 


प्रतिक्रिया