गोरखा डायरी

आश्विन २, २०७९ | गोरखा

गोरखामा ‘क्याम्प ट्रेल’ गर्ने पर्यटकलाई लक्षित गरेर नयाँ पदमार्गको पहिचान गरिएको छ । गणेश कुण्ड र गणेश हिमालसम्मको नयाँ पर्यटन पदमार्गको पहिचान गरि नक्सा समेत सार्वजनिक गरिएको छ । गणेश हिमालसम्मको लागि काठमाडौ देखि १९ दिनको पदमार्गको रुट तयार पारिएको हो । त्यस्तै गणेश हिमाल स्याल्काला पासका लागि ७ दिनको पदमार्गको रुट सहित नक्सा सार्वजनिक भएको धार्चे मनास्लु पर्यटन विकास समिति अध्यक्ष साने गुरुङले बताउनभयो । सो पदमार्गलाई व्यवस्थीत बनाउन, पुलपुलेसा, १४ वटा क्याम्पीङ स्थल बनाउनुपर्ने आवश्यकता रहेको बताइएको छ ।

डेंगु संक्रमणको जोखिम वढेपछि स्वास्थ्य कार्यालय गोरखाले डेंगु नियन्त्रण तथा रोकथामका लागि जिल्लाका ११ वटै पालिकालाई लामखुट्टेको वासस्थान खोजौ र नष्ट गरौँ अभियान संचालन गर्न अनुरोध गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ५८ जनामा डेंगु संक्रमण देखिएको छ । सवैभन्दा धेरै गोरखा नगरपालिकामा ४१, आरुघाट गाउँपालिकामा ११ र पालुङटार नगरपालिकामा ४ जना संक्रमित छन् । यस्तै भिमसेन थापा, गण्डकी गाउँलालिकामा समान १र१ जना रहेका छन् ।

छिमेकी मुलुक चिनसँग हुने कारोवारको राजस्व संकलनका लागि स्थापना भएको लार्के भन्सार कार्यालय संकटमा परेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुमनुव्री गपाउँपालिका ३ जगतमा रहेको सो कार्यालयले पछिल्लो दुइ आर्थिक वर्षमा कुनैपनि शिर्षकमा एक रुपैयाँ पनि राजस्व संकलन गर्न सकेको छैन । त्यस भन्दा अघि आर्थिक वर्ष २०७६र०७७ मा दुइ लाख ४८ हजार ९ सय २४ रुपैयाँ राजस्व संकलन भएको कार्यायलले जनाएको छ ।

चडपर्वलाई लक्षित गरेर खाद्य तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले सहुलियत मुल्य पसल संचालन गरेको छ । कम्पनीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षितत गरेर सहुलियत मुल्य पसल संचालन गरेको हो । सहुलियत पसल संचालनमा आएसँगै कम्पनीको गोरखा शाखाबाट खाद्यान्न खरिद गर्दा प्रतिकिलो सात रुपैयाँ छुट हुनेछ । कम्पनीले प्रति ब्याक्ति एक बोराको दरले खाद्यान्न उपलब्ध गराउने छ । सहुलियत मुल्यको पसल असोज १ देखि काक्तिक १५ सम्म संचालन हुने कम्पनीका सुचना अधिकारी शिव सुनारले बताउनुभयो ।  


प्रतिक्रिया