सोलु जलविद्युतको परिक्षण उत्पादन सुरु

मंसिर २६, २०७६ | सोलुखुम्बु

सोलुखुम्बुस्थित सोलु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । २३ दशमलव ५ मेगावाट क्षमताको सो आयोजना अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरेको   हो । हालका लागि परिक्षणका रुपमा उत्पादन सुरु गरिएको निर्माण कम्पनीले जनाएको  छ ।

विद्युत प्राधिकरण र विद्युत विकास विभागको प्राविधिक टोलीले निरीक्षण गरेपछि नियमित उत्पादन सुरु गरिने छ । नियमित उत्पादन हुन थालेपछि केन्द्रीय प्रशारण लाइनमा जडान गरिने कम्पनीले जनाएको छ । ४ अर्ब ४० करोड लगानीको सो आयोजना सनु २०१४ देखि निर्माण थालिएको थियो ।


प्रतिक्रिया