तिलोत्तमामा १६ अरबौंका उद्योग स्थापना हुने

मंसिर २६, २०७६ | रुपन्देही

 रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब १६ अर्ब रुपैयाँ बराबरका विभिन्न उद्योग स्थापना हुने भएका छन् । तिलोत्तमामा उद्योग स्थापनाका गर्ने उद्योगीलाई नगरपालिकाले जग्गा  समेत उपलब्ध गराउने तयारी गरेको छ । विभिन्न उद्योगका लागि सडक, विद्युत्, पानी लगायतका पूर्वाधारमा सहजीकरण गर्ने सम्झौता समेत भइसकेको नगरपालिकाले जनाएको छ ।

गत वर्ष सम्पन्न लगानी सम्मेलनमा सहकारी तथा सामुदायिक संस्थाले पनि लगानी गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसअनुसार सहकारीमा जम्मा भएको रकम सदुपयोग गर्दै लुम्बिनी विशिष्टीकृत सहकारी संघले आधुनिक दूग्ध प्रशोधन केन्द्र निर्माण गर्दैछ । संघका अध्यक्ष खगराज शर्माले  करिब ४० करोड रुपैयाँ लगानीमा दुग्ध प्रशोधन केन्द्र निर्माण गर्न लागेको बताउनुभयो । 

तिलोत्तमाले नगरपालिकाले लगानी भित्राउने २२ वटा परियोजना छनौट गरेको थियो । प्रतिवद्धता जनाएका अन्य ५ उद्योगले अहिले जग्गा छनोटको काम थालेका छन् । एकीकृत कृषि उत्पादन संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहोर व्यबस्थापन, मासु प्रशोधन केन्द्र लगायतले उद्योगको अवधारणा बुझाएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । 


प्रतिक्रिया