सुनको मूल्य घट्यो, तोलाको ७४ हजार

पुस २९, २०७६ | काठमाडौं

केही दिनयता नेपाली बजारमा सुनको मूल्य घट्दो क्रममा रहेको छ । सुनको मूल्य आज तोलाको ८ सय रुपैयाँले घटेर ७४ हजार रुपैयाँ कायम भएको छ । 

सुन हिजो प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ बढेर नयाँ रेकर्ड बनाएको थियो । गत बुधबार सुनको भाउ तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

अमेरिका र इरानबीचको तनावका कारण सुनको भाउ आकाशिएको थियो । दुई मुलुकबीचको तनाव कम भएसँगै सुनको भाउ ओरालो लाग्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनसँगै चाँदीको मूल्यपनि तोलाको १० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । 


प्रतिक्रिया