नेपाललाई विश्व बैंकको थप २० करोड डलर ऋण सहयोग

माघ १, २०७६ | काठमाडौं

भूकम्पपछिको पूनर्निर्माणका लागि विश्व बैंकले नेपाललाई थप २० करोड डलर ऋण सहयोग गर्ने भएको छ । 

भूकम्प प्रभावित ३२ जिल्लामा ८६ हजार ६ सय ८० घर निर्माणका लागि सो ऋण उपलब्ध गराउन लागिएको विश्व बैंकले जनाएको छ । 

लाभग्राही सूचीमा रहेका कोही पनि नछुटुन् भन्ने उद्देश्यले सो सहयोग उपलब्ध गराउन लागिएको भन्दै विश्व बैंकले घर मात्र नभई जनजीवन समेत निर्माणका लागि नेपाललाई सदैव सहयोग गर्ने जनाएको छ । 

भूकम्पपछिको भवन पुनर्निर्माण परियोजना ईएचआरपी अन्तर्गत सो रकम सहयोग गर्न लागेको हो । 

सन् २०१५ मा स्वीकृति प्राप्त गरेको इएचआरपीले यसअघि ५५ हजार भवन निर्माणका लागि ३० करोड डलर उपलब्ध गराएको थियो । 

यो परियोजना अन्तर्गत विश्व बैंकले थप ९६ हजार घर निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ । 


प्रतिक्रिया