विदेशमा रहेका कामदारले अतिरिक्त शुल्क बिनै अनलाइनबाटै बीमा रकम भुक्तानी गर्न पाउने

माघ ११, २०७६ | ..काठमाडौं

वैदेशिक रोजगारीमा जाने कामदारहरूले तिर्ने बीमा बापतको रकम अतिरिक्त शुल्क बिनै अनलाइन भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभाग र अन्य भुक्तानी प्रदायकहरुबीच सम्झौता गरी सेवाग्राहीका लागि अनलाइन भुक्तानीको व्यवस्थाा गरिएको विभागका महानिर्देशक डा भीष्मकुमार भूसालले जानकारी दिनुभयो ।

 इ–सेवा, फोनपे र वैदेशिक रोजगार विभागबीच भुक्तानी सम्बन्धमा सम्झौता भएको भूसालले बताउनुभयो । अनरलाइन रकम भुक्तानी प्रदायक संस्थाले बीमा शुल्कको रकम सम्बन्धित बीमा कम्पनीको बैंक खातामा जम्मा गरिदिनेछ । त्यस्तो रकम प्रत्येक दिन म्यादी बीमा जारी गर्ने कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउने बताइएको छ । यस्तै वैदेशिक रोजगार बोर्डमा जाने कल्याणकारी कोषको रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सम्झौताको तयारी भइरहेको भूसालले बताउनुभयो ।

यसैबीच राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ । ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको बैंकले बैंद्वारा सूचनामा उल्लेख छ । पाँच वर्षमा परिपक्व हुने बचतपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरमा प्रत्येक ६ महिनामा व्याज भुक्तानी लिन सक्ने सूचनामा उल्लेख छ । 


प्रतिक्रिया