अतिरिक्त त्रासमा नबसौं : अर्थमन्त्री खतिवडा

माघ १२, २०७६ | काठमाडौं

अर्थमन्त्री युवराज खतिवडाले सरकार भन्सार राजश्वमा केन्द्रित नभएकोले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । 

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री खतिवडाले व्यापार घाटा कम हुँदा राजश्व घटेपनि व्यवसायीलाई तर्साएर राजश्व असुल्ने पक्षमा सरकार नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘व्यापार घाटा कम हुन थाल्यो अलिकती आयातित वस्तुहरु कम हुँदा राजश्व पनि कम हुन थाल्यो , फेरी राजश्व कम भयो अब सरकारले डण्डा लगाएर कहाँबाट राजश्व उठाउछ भन्ने त्रास छ, हामी त्यसो गर्दैनौं ।’ 

भन्सार राजश्वमै केन्द्रीत भएर अर्थतन्त्र लामो समयसम्म चल्न नसक्ने मन्त्री खतिवडाको भनाइ थियो । 

आन्तरिक राजश्वको वृद्धिदर पनि बढ्दै गएकाले मुलुक आयातमा आधारित राजश्व प्रणालीबाट, आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारीत राजश्व प्रणालीमा गइसकेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया