नेप्से दोहोरो अंकले उकालो लाग्यो, कारोबार घट्यो

माघ १३, २०७६ | काठमाडौं

धितोपत्र बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ । बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अंकले बढेर १ हजार ३ सय दशमलव ६२ बिन्दुमा पुगेको छ । 

कारोबार हुने साताको दोस्रो दिन नेप्सेमा ९१ करोड ७३ लाख ५९ हजार रुपैयाँ बढीको कारोबार भएको छ । नेप्से उकालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँ बढीले गिरावट आएको छ । 

अघिल्लो दिन आइतबार २० दशमलव ७९ अंकले घटेको नेप्सेमा ९६ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको थियो । नेप्सेमा आज कारोबार भएका सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । 

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ७४ दशमलव ३ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमाको १ सय ४९ दशमलव ७६, होटलको ८३ दशमलव ३२, लघुवित्तको ६६ दशमलव ४३ र व्यापार कम्पनी समूहको उपसूचक ३४ दशमलव ५९ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ८० कम्पनीका ११ हजार २ सय ९ दशमलव कारोबारबाट २४ लाख ९ हजार २ सय ६२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेमा सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भयो । उसले ८ करोड १४ लाख २८ हजार रुपैयाँ बढीको कारोबार गर्‍यो । 


प्रतिक्रिया