नेप्से उकालो लाग्यो, कारोबार घट्यो

फाल्गुन ७, २०७६ | काठमाडौं

कारोबार हुने साताको चौंथो दिन धितोपत्र बजार सामान्य अंकले उकालो लागेको छ । बजार परिसूचक नेप्से आज ५ दशमलव २४ अंकले बढेर १ हजार ४ सय ५ दशमलव २५ बिन्दुमा पुगेको छ । 

नेप्सेमा सुधार देखिएपनि कारोबार रकममा अघिल्लो दिनको तुलनामा ५० करोड रुपैयाँले कमी आएको छ । सामान्य अंकले उकालो लागेको नेप्सेमा हिजो २ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । 

कारोबार भएका बैंक, होटल, वित्त, निर्जीवन, जीवन र म्यूचलफण्ड बाहेक बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । 

सबै भन्दा बढी लघुवित्त कम्पनी समूहको उपसूचक १ सय ४ दशमलव ३९ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ७७ कम्पनीका १५ हजार ५३ कारोबारबाट ३४ लाख ५५ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया