मुगुका बासिन्दालाई खाद्यको चामलमा १० प्रतिशत छुट

जेष्ठ ११, २०७७ | मुगु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुगुका बासिन्दालाई चामलमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । लकडाउनका कारण समस्यामा परेका गरीब तथा विपन्न परिवारलाई सहज होस भन्ने उद्देश्यले कम्पनीले दश प्रतिशत छुटमा अनुदानको चामल बिक्री गरेको हो । 

अनुदानको चामलमा दश प्रतिशत छुट दिएपछि धमाधम बिक्री भइरहेको कम्पनीका निमित्त प्रमुख पुष्कर भामले बताउनुभयो । लकडाउनको अवधि भित्र करीब ७ सय क्वीन्टल चामल बिक्री भएको उहाँले बताउनुभयो । 

चालू आर्थिक वर्षमा १० हजार क्वीन्टल चामल बिक्रीको स्वीकृति कोटा मध्ये ८ हजार क्वीन्टल ढुवानी भई सकेको उहाँले जानकारी दिनुभयो । हाल गोदाममा २ हजार ९ सय क्वीन्टल चामल रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया