मास्कमा कालोबजारी गर्ने ३ व्यापारिक फर्मलाई जरिवाना

जेष्ठ ११, २०७७ | काठमाडौं

मास्कमा कालोबजारी गर्ने काठमाडौंका तीन वटा व्यापारिक फर्मलाई सरकारले कारबाही गरेको छ । बजार अनुगमनका क्रममा बढी मूल्यमा मास्क बिक्री गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका तीन वटा व्यापारिक फर्मलाई जरिवाना तिराएको हो । 

वीर अस्पताल अगाडि रहेको मेगन फार्मेसी, हनुमान फर्मा र पवित्र प्रोगेस फार्मेसीलाई २/२ लाख रुपैयाँका दरले जरिवाना तिराएको हो । वीर अस्पताल अगाडि सञ्चालित ती फार्मेसीले के एन ९५ मास्क बढी मूल्यमा बिक्री गरेको भेटिएपछि जरिवाना तिराएको विभागले जनाएको छ ।

मास्क बढी मूल्य लिइ बिक्री गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम २ लाख जरिवाना गरिएको विभागले जनाएको छ । 


प्रतिक्रिया