विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड रुपैयाँ

असार १०, २०७७ | विराटनगर

विराटनगर महानगर नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगर उपप्रमुख इन्दिरा कार्कीले छैठौं नगरसभामा बुधबार प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ ८९ करोड ८२ लाख ९६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट राजश्व बाँडफाँडतर्फ ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० रुपैयाँ प्राप्त हुने बताउनुभयो ।

यस्तै, संघीय तथा प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ३८ करोड ७ लाख ६८ हजार, संघीय सरकारबाट सशर्त अनुदानतर्फ १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकारको सशर्त अनुदान २ करोड १० लाख ९ हजार १ सय ८० प्राप्त हुने उनले सार्बजनिक गर्नुभयो ।

यस्तै, संघीय सरकारबाट विशेष अनुदान १३ करोड, प्रदेश सरकारबाट समपुरक अनुदान ३ करोड, बैदेशिक र अन्य संघ संस्थाबाट अनुदान ३ करोड २६ लाख ७८ हजार १ सय ८० रुपैयाँ, जनसहभागिताबाट ९ करोड ६२ लाख ५ हजार अनुमानित आय कार्कीले सभामा प्रस्तुत गर्नुभयो ।

व्ययतर्फ प्रशासनिक खर्च ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड वातावरण तथा फोहोर व्यवस्थापन तर्फ ल्याण्डफिल्ड साइडको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार विनियोजन गरिएको छ । 

नगर स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख ५ हजार, महिला, वालवालिका एवं युवा विकास तथा खेलकुदतर्फ २ करोड ९ लाख २४ हजार, अन्य कार्यक्रमतर्फ ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पुँजिगत खर्च १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख कार्कीले बताउनुभयो ।

महानगरले कोरोना भाइरसको महामारी र लकडाउनको प्रभावका कारण चालु आर्थिक बर्ष भन्दा १८ दशमलव ३१ प्रतिश कम बजेट ल्याएको छ । चालु आ.ब. का लागि गत बर्ष ४ अर्ब १३ करोड ५० लाख ९२ हजार ७ सय ५० रुपैयाँको बजेट ल्याएको थियो ।

कोरोना भाइरसले आमदानी खुम्चिदा महानगरले अनुमान गरेभन्दा चालु आर्थिक बर्षमा ४८ दशमलव २७ प्रतिश कम २ अर्ब १३ करोड ९२ लाख ८३ हजार ५९ रुपैयाँ आमदानी भएको उपप्रमुख कार्कीले बताउनुभयो । उहाँले उक्त आयमध्ये चालु आर्थिक बर्षमा १ अर्ब ७५ करोड २ लाख ५७ हजार ४ सय ४९ रुपैयाँ मात्रै खर्च हुन सकेको र अन्य मौजदात रहेको सभामा जानकारी गराउनुभयो । 


प्रतिक्रिया