पाल्पाको तिनाउँ झ्याङलामा सलह, किसान चिन्तित

पाल्पाको तिनाउ गाउँपालिका–२, झ्याङला क्षेत्रमा बास बसेर किसानलाई सताएको छ । माधव अर्याल/कान्तिपुर  

असार १४, २०७७ | पाल्पा

भारतबाट शनिबार रुपन्देही हुँदै पाल्पा भित्रिएका सलह पाल्पाको तिनाउ गाउँपालिका–२, झ्याङला क्षेत्रमा बास बसेर किसानलाई सताएको छ । शनिबार बेलुकी पख प्रवेश गरेको सलह दोभानको बगाहा, पासकुण्ड, बुढासटक गाउँमा समेत लाखौको संख्यामा रहेका छन् । 


काभ्रो, आँप, किम्बु, पिपल, सिमल लगायतका रुखमा रातै भएर बसेका सलहले पानी पर्दा भने केही नगरी बसेको छ । पानी रोकिना साथ किसानको खेत बारीमा लगाएका मकै, धानको बीउ, घाँसमा पुगेर खाइदिने गरेको झ्याङला स्मार्ट कृषि गाउाका अध्यक्ष चोपलाल गिरीले बताउनुभयो ।

उहाँका अनुसार किसानले थाल, टिन ठटाउने, आगो धूँवार्ने, हल्ला गरेर बस्न दिएका छैनन् । अहिले बारीको मकैको पात लगायत सिख्रो पारेर खाएको स्थानीय रुद्र जीसीले बताए ।

शनिबार झुम्सा, दोभान, कसेनी, मदनपोखरा, कचल, छहरा लगायतमा थियो । आइतबार झ्याङला क्षेत्रमा बसोबास गरेको छ । किसान लोकबहादुर केसीका अनुसार सहल टुक्राटुक्रा भएर बाँडिएिको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–२, झ्याङला क्षेत्रमा बास बसेर किसानलाई सताएको छ । माधव अर्याल/कान्तिपुर

झ्याङला क्षेत्रमा भने ठूलो संख्यामा देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताउनुभयो । ज्ञान केन्द्रका अनुसार दोभानतर्फ एउटा टुक्रा, वगनाशकालीमा एक टुक्रा, छहरातर्फ एक हुल देखिएको छ ।

पहाड र पानीले गर्दा झुण्ड टुक्रिएको हुन सक्ने आंकलन गरिएको छ । ज्ञान केन्द्रले बस्न नदिन सूचना प्रवाह गर्दा गर्दै पनि बास बसेकाले अब औषधि छर्न र विभिन्न उपाय अपनाएर धपाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया