घोरेपानी-पुन हिलमा प्रवेश निषेध

कार्तिक ३, २०७७ | पोखरा

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि म्याग्दीको पर्यटकीय गन्तव्य घोरेपानी–पुनहिलमा पर्यटक प्रवेशमा निषेध गरिएको छ । घोरेपानी टोल सुधार समितिको अगुवाइमा यही कात्तिक १ देखि तिहारसम्म पर्यटकलाई प्रवेश निषेध गरिएको हो । 

दशैं तिहारमा पर्यटकको आवागमन बढ्दा कोरोना संक्रमण फैलिने जोखिम बढ्ने भएकाले तिहारसम्मका लागि सो क्षेत्र पर्यटकका लागि बन्द गरिएको टोल सुधार समितिका अध्यक्ष वीरेन पुनले बताउनुभयो । 

कास्की सहित म्याग्दी तर्फको पदमार्गबाट पनि पर्यटकलाई घोरेपानी प्रवेशमा निषेध गरेको समितिका अध्यक्ष पुनले बताउनुभयो । ‘दशैं तिहारमा आवतजावत बढ्दा कोरोना संक्रमण भित्रिने डर भयो,’ उहाँले भन्नुभयो, ‘तिहारसम्म हेरौं । संक्रमणको अवस्था हेरेर खोल्ने नखोल्न निर्णय गर्छौं ।’

घोरेपानी पुग्न कास्कीको नयाँ पुल, वीरेठाँटी, उल्लेरी हुँदै जाने एउटा पदमार्ग छ । वीरेठाँटीबाट घान्द्रुक, टाडापानी हुँदै पनि जान मिल्छ । घान्द्रुकमा यसअघि नै पर्यटन समितिले प्रवेश निषेध घोषणा गरिसकेको छ । उहाँका अनुसार अनुगमनको जिम्मा प्रहरीलाई दिइएको छ । घोरेपानीमा हाल २५ वटा होटल छन् ।


प्रतिक्रिया