युरिया र डीएपी गरी ६० हजार मेट्रिक टन मल भित्रियो

फाल्गुन १५, २०७७ | पर्सा

कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेण्डरबाट युरिया र डीएपी गरी ६० हजार मेट्रिक टन रासायनिक मल भित्र्याएको छ । कम्पनीको वीरगञ्जस्थित क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीका अनुसार युरिया ३० र डीएपी ३० मेट्रिक टन भित्रिएको हो । 

कम्पनीले वीरगञ्ज, भैरहवा र विराटनगर नाकाबाट मल सो परिमाण बराबरको मल भित्र्याएको हो । अहिले मलको अन्तिम लट भित्रिने क्रममा रहेको वीरगञ्जस्थित क्षेत्रीय कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।

स्विस सिंगापुर कम्पनीले ३० हजार मेट्रिक टन युरिया र भारतको देश ट्ेरडिङ्ग कम्पनीले ३० हजार मेट्रिक टन डीएपी मल ३ वटा नाकाबाट नेपाल ल्याएका हुन् । 

उहाँले भन्नुभयो, ‘कुल ३०/३० हजार युरिया र डीएपी मल मध्ये १२ हजार ५ सय मेट्रिक टन युरिया/डीएपी वीरगञ्ज नाका, १०/१० हजार मेट्रिक टन युरिया/डीएपी भैरहवाबाट र विराटनगर नाकाबाट ७ हजार ५ सय/७ हजार ५ मेट्रिक टन युरिया/डीएपी भित्रिन लागेको हो ।’ 

वीरगञ्जको कोटाको मल सिर्सिया सुक्खा बन्दरगाहबाट भित्रिने क्रममा रहेको तथा भैरहवाको सुनौली र विराटनगरको जोगबनीमा रेलबाट आईरहेको रहेको उहाँले जानकारी दिनुभयो । 

वीरगञ्जमा अब करीब १ हजार ५ सय मेट्रिक टन डीएपी मल मात्र भित्रिन बाँकी रहेको र अन्य नाकाबाट दुबै मल करीब भित्रिसकेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया