वीरगन्जका दुबै भन्सारलाई राजश्व संकलन गर्न धौँ धौँ

जेष्ठ ११, २०७८ | काठमाडौं

निषेधाज्ञा लम्बिदै गएसँगै वीरगन्जका भन्सार कार्यालयहरुको दैनिक कामकाजदेखि राजश्व असूली समेत प्रभावित भएको छ । वीरगन्ज तथा सिर्सिया सुक्खा बन्दरगाहको दैनिक राजश्व असूलीनै ह्वात्तै घट्दा यी भन्सारलाई मासिक राजश्व असूली लक्ष्य भेट्टाउन समेत धौ धौ भएको छ । 

वीरगन्ज भन्सार कार्यालयले जेठ महिनामा १९ अर्ब ५७ करोड रुपैया राजश्व संकलनको लक्ष्य पाएकोमा हिजो सम्ममा जम्मा २ अर्ब ४८ करोड रुपैया मात्र राजश्व असूली गरेको छ । जुन मासिक लक्ष्यको १३ प्रतिशत मात्र हो ।

 मासिक राजश्व असूली लक्ष्य भेट्टाउन यो भन्सारले दैनिक ७० देखि ७५ करोड रुपैया राजश्व असूली गर्नु पर्नेमा दैनिक औसत ३५ करोड रुपैया हाराहारी मात्र राजश्व असूली गरी रहेको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलको भनाई छ । 


प्रतिक्रिया