थप ४१ अस्पतालका लागि १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित

जेष्ठ १३, २०७८ | काठमाडौं

कोरोना संक्रमितको उपचारको लागि आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले थप ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ प्रदान गरेको छ । 

भक्तपुर अस्पताललाई १२ करोड, गजेन्द्रनारायण र तुल्सीपुर अस्पताललाई ९/९ करोड, सेती प्रादेशिक अस्पताललाई ६ करोड रुपैयाँ प्रदान गरिएको अर्थमन्त्रालयले जनाएको छ । 

संक्रमित बालबालिकाहरुको उपचारका लागि पेडियाट्रिक आइसीयुको व्यवस्था गर्न ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मोरङको रंगेली, सुनसरी र सर्लाही अस्पताललाई तीन/तीन करोड रुपैयाँ प्रदान गरिएको छ । यस्तै बारा, रामेछाप, दोलखा, रसुवा, पर्वत, स्याङ्जा, म्याङदी अस्पतालाई पनि तीन/तीन करोड दिइएको अर्थमन्त्रालयले जनाएको छ ।

आइसीयु भेन्टिलेटरतर्फ धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक तथा भीम अस्पताललाई १ करोड ८० लाख रुपैयाँका दरले बजेट प्रदान गरेको छ ।

यस्तै सेती प्रादेशिक, महाकाली अस्पताल र भरतपुर अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरेको पनि अर्थमन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अर्थले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गर्दै आएको छ । 


प्रतिक्रिया