रासायनिक मलमा दिइने अनुदानमा वृद्धि

जेष्ठ १५, २०७८ | काठमाडौं

सरकारले रासायनिक मलमा दिइने अनुदानमा वृद्धि गर्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अध्यादेश मार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्‍याइएको जानकारी दिनुभयो ।

यस्तै, सरकारले उखु उत्पादक किसानलाई उत्पादन परिमाणका आधारमा चिनी मिलमा उखु बिक्री गरेको १५ दिनभित्र अनुदान दिन ८४ करोड रुपैयाँ विनियोजन गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

बाँझो जमिनमा खेतीका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरेको छ । 


प्रतिक्रिया