धितोपत्र बजार उत्साहजनक

जेष्ठ २५, २०७८ | काठमाडौं

धितोपत्र बजार आज उत्साहजनक देखिएको छ । सेयर कारोबार मापक नेप्से परिस्ुचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ विन्दुमा पुगेको छ । 

कारोबार भएका होटल, लगानी र लघुवित्त बाहेक बाँकी १० समुहको मुल्य बढदा नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सबैभन्दा धेरै विकास बैंक ९ र वित्त ८ दशमलव ७१ प्रतिशतले बढ्यो । आज १६ अर्ब ९५ करोड १२ लाख रुपैयाँ बराबरका ३ करोड ५७ लाख ३ सय ७४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यसैबीच अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ । नेपाल धितोपत्र बोर्डको २९ औं बार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गर्न तथा कमीकमजोरी हटाई बोर्डलाई गतिशिल बनाउन पनि निर्देशन दिनुभएको हो । 

सरकारप्रति लगानीकर्ताको विश्वास भएकै कारण पछिल्लो समय पूँजी बजारमा आकर्षण बढेको पौडेलको दाबी छ । 


प्रतिक्रिया