जर्मनी र नेपालबीच वित्तीय तथा प्राविधिक सहयोग सम्झौता

जेष्ठ ३१, २०७८ | काठमाडौं

जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप सो रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । 

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरेको जर्मनी दूतावासले जनाएको छ । नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि सो रकम प्रदान गरिने दूतावासले जनाएको छ ।


प्रतिक्रिया