विश्व बैंकले नेपाललाई १५ करोड डलर सहयोग गर्ने

असार ३, २०७८ | काठमाडौं

कोभिड १९ महामारीपछिको अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले विश्व बैकले नेपाललाई १५ करोड डलर सहयोग गर्ने भएको छ । 

कोभिड १९ पछिको पुनस्र्थापना, अति संवेदनशील वर्गको सुरक्षा र दिगो विकासमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाललाई सो सहयोग पुर्‍याउने प्रस्ताव बैंकको कार्यकारी निर्देशक समितिको बैठकले पारित गरेको हो । 

विश्व बैंकका नेपाल निर्देशक फरिस हडाड–जेर्भोसले महामारीले ठूलो आर्थिक र सामाजिक क्षति पुर्‍याएको भन्दै प्रभावित जनसंख्यालाई तत्काल राहत उपलब्ध गराई नेपालको हराभरा, समुन्नत र समावेशी पूनस्र्थापनाका लागि सहयोगलाई सदैव प्राथमिकतामा राखेको बताउनुभयो । 


प्रतिक्रिया