अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ रोडम्याप बनाउन आईएफसीको सुझाव

श्रावण १३, २०७८ | काठमाडौं

पदयात्राका लागि विश्वमै प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा निजी क्षेत्रको लगानी बढेकाले कोभिड–१९ महामारीले खस्किएको स्थानीय अर्थतन्त्र उकास्न बढी खर्च गर्ने पर्यटक ल्याउन सकिने एक अध्ययनले देखाएको छ ।

 विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले सार्वजनिक गरेको रिपोर्ट अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा कोभिड–१९ महामारीपछि स्थानीय अर्थतन्त्र उकास्नका लागि धेरै खर्च गर्ने पर्यटक ल्याउन सकिने उल्लेख छ । अन्नपूर्ण क्षेत्र लामो समयदेखि नेपालको सबैभन्दा लोकप्रिय गन्तव्य हो ।

 नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबकार एस फायेले धेरै खर्च गर्ने पर्यटक हिमालयन क्षेत्रमा आरामदायी आवासको लागि उच्च मूल्य तिर्न इच्छुक हुने बताउनुभयो । उहाँले भन्नुभएको छ, “महामारीका कारणले नेपालको पर्यटन उद्योगले भोग्नुपरेको क्षतिलाई ध्यानमा राखी नयाँ क्षेत्र विस्तारका लागि रोडम्याप सिर्जना गर्नुपर्दछ ।” महामारीका कारण पर्यटन क्षेत्रका २ लाख ३० हजार जनाको रोजगार जोखिममा परेको छ भने २० हजार टूर र ट्रेकिङ गाइड बेरोजगार भएका छन् । 


प्रतिक्रिया