नेप्सेमा झिनो सुधार, कारोबार रकममा पनि गिरावट

भाद्र २८, २०७८ | काठमाडौं

कारोबारको दोस्रो दिन आज (सोमबार) धितोपत्र बजारमा सामाय सुधार देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज शून्य दशमलव २७ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ६९ बिन्दुुमा पुगेको छ । 

साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको नेप्से परिसूचक सोमबार भने शून्य दशमलव २७ अंकले मात्र बढेको छ । कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही गिरावट आएको छ । हिजो ७१ दशमलव ४३ अंकले बढेको नेप्सेमा ९ अर्ब ४४ करोड ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कुल २ सय २६ कम्पनीका ९३ हजार २ सय १८ कारोबारबाट एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ९ अर्ब २९ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेप्सेमा आज कारोबारमा आएका १३ मध्ये ७ वटा उपसमूहको परिसूचक उकालो लागेको छ । जलविद्युत, उत्पादन तथा प्रशोधन, लघवित्त, अन्य, म्यूचल फण्ड र लगानी उपसमूहको परिसूचक भने ओरालो लागेको छ । 

नेप्सेमा आज कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहयो । सो कम्पनीको सबै भन्दा बढी ६१ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 


प्रतिक्रिया