सुदूरपश्चिम प्रदेशमा कर्जा प्रवाह वृद्धिदर ३६ प्रतिशत

मंसिर १८, २०७८ | काठमाडौं

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ३६ प्रतिशतले बढेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । 

गत वर्ष राष्ट्रिय रुपमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धिदर करीब २९ प्रतिशत रहेकोमा सुदूरपश्चिम प्रदेशमा मात्रै कर्जा प्रवाह वृद्धिदर ३६ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको हो । 

अघिल्लो आर्थिक वर्ष २०६७/७७ मा यस्तो कर्जा १८ दशमलव ७२ प्रतिशतले वृद्धि भएको थियो । चालू आर्थिक वर्षको असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा २० दशमलव २२ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । 

अघिल्लो आर्थिक वर्ष यस्तो निक्षेप २९ दशमलव ५४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । 

चालू आर्थिक वर्षको असारसम्म सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३ सय १७, विकास बैंकका ४६, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४ सय ८ गरी जम्मा ७ सय ७७ शाखा सञ्चालनमा छन् । यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३ सय ४४ र बाजुरा जिल्लामा सबैभन्दा कम २६ शाखा सञ्चालनमा छन् । 

सुदूरपश्चिमका ८८ वटा स्थानीय तह मध्ये ८७ वटामा वाणिज्य बैंकका शाखा बिस्तार भएका छन् भने बझाङको साईपाल गाउँपालिकामा हालसम्म वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । 


प्रतिक्रिया