नेपाल लाइफको सिनियर डीसीओमा पराजुली

पुस २५, २०७८ | काठमाडौं

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त हुनु भएको छ । पराजुलीले आइतबारबाट सिनियर डीसीओको कार्यभार सम्हाल्नु भएको हो । 

आफ्ना विगतका अनुभवहरुका आधारमा थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको पराजुलीले बताउनुभयो । उहाँले संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको भन्दै उहाँले यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताउनुभयो । 

नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सूचकाङ्कमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको नवनियुक्त सिनियर डीसीओ पराजुलीले बताउनुभयो । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुनुहुन्थ्यो ।


प्रतिक्रिया