स्वास्थ्य मापदण्ड पालना गरी सेवा प्रवाह गर्न केन्द्रीय बैंकको निर्देशन

पुस २६, २०७८ | काठमाडौं

राष्ट्र बैंकले कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै आफ्नो सेवालाई निरन्तरता दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरी बैंक तथा वित्तीय संस्थालाई सेवा दिन निर्देशन दिएको हो । 

सेवाग्राहीको भिडभाड नहुने गरी भौतिक दूरी कायम रहने व्यवस्था मिलाई सेवा दिन केन्द्रीय बैंकले निर्देशन दिइएको छ । त्यस्तै, सबै एटीएम बुथहरुको ढोका खुलै राख्न र सेनिटाइजरको व्यवस्था गर्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई भनेको छ । 

यसअघि पनि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको थियो । तर, संक्रमण दर घट्दै जाँदा कतिपय एटीएम बुथहरुमा सेनिटाइजर नहुने तथा बैंकहरुमा सुरक्षा मापदण्ड पनि बेवास्ता हुँदै आएको थियो । 

राष्ट्र बैंकले आन्तरिक बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रममा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ ।


प्रतिक्रिया