आइतबारदेखि अनलाइन प्रणालीबाट मात्रै श्रम स्वीकृति दिने

रेडियो कान्तिपुर संवाददाता

माघ १, २०७८ | काठमाडौं

वैदेशिक रोजगार विभागले भोलिदेखि अनलाइन प्रणालीबाट मात्रै श्रम स्वीकृति दिने भएको छ । विभागले २०७७ पौषबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृति दिँदै आएको थियो । 

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम स्वीकृतिलाई पेपरलेस र क्यासलेस बनाइ सहज रूपमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यो व्यवस्थासँगै घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको छ । 


प्रतिक्रिया