वाणिज्य बैंकहरुको नाफा १० प्रतिशतले बढ्यो

माघ ११, २०७८ | काठमाडौं

वाणिज्य बैंकहरुको नाफा १० प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विभिन्न २६ वटा वाणिज्य बैंकले कुल ३३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । 

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा नाफा १० प्रतिशतले बढेको हो । गत वर्षको ६ महिनामा यी बैंकले ३० अर्ब ४१ करोड रुपैयाँ कमाएका थिए । 

चालू आर्थिक वर्षको ६ महिनामा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो बैंकको नाफा गत वर्षको यसै अवधिमा २ अर्ब ३१ करोड रुपैयाँ थियो । 

एनआईसी एसिया बैंकले २ अर्ब ४० करोड तथा नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्राइम कमर्सियल, प्रभु, कुमारी, एभरेष्ट, नेपाल बंगलादेश र सनराइज गरी ६ वटा बैंकको नाफा घटेको छ । हिमालयन बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन । 


प्रतिक्रिया