शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

फाल्गुन ९, २०७८

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचार प्रसार र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पाँचौ शुक्लाफाँटा पर्यटन महोत्सवसुरु भएको छ । भीमदत्त नगरपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा आजबाट महोत्सव सुरु भएको हो । एक हप्तासम्म चल्ने महोत्सवमा निकुञ्जका प्रचार प्रसारसंगै आन्तरिक पर्यटकहरुलाई बढी भन्दा बढी अवलोकन गराउने लक्ष्य राखिएको छ । सञ्चार माध्यम, समाजिक सञ्जालका साथै गीत, कथा र कविताबाट समेत यसको प्रचार प्रसार गरिने आयोजकले जनाएको छ । 

तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्जमा स्तरोन्नति गरिएको दिन हरेक वर्ष महोत्सव आयोजना गरिदै आएको छ । सरकारले २०७३ फागुन ३ मा आरक्षलाई निकुञ्जमा स्तरोन्नति गरेको हो । निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायीहरुले निकुञ्जमा स्तरोन्नतिको माग गर्दै आएका थिए । २०२६ मा शिकार आरक्षका घोषणा संगै यसको संरक्षण सुरु भएको हो । २०३१ मा शुक्लालाई आरक्ष घोषणा गरिएको हो । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा विशाल घाँसे मैदानमा देखिने बाह्रसिंगा प्रमुख आकर्षण हुन् । सो निकुञ्जमा २३ सय बढी बाह्रसिंगा रहेका छन् । यसैगरि बाघ, गैंडा, हात्ती र कृष्णसरा लगायतका वन्यजन्तुहरु पनि सहजै अवलोकन सकिन्छ । गर्नन्छ । उद्घाटन समारोहमा राना थारु समुदायको होली नृत्यसंगै छलिया नृत्य, गौरा नाच र भुवो भस्सो लगायतका सास्कृतिक झाँकीहरु प्रस्तुत गरिएका थिए । 


प्रतिक्रिया