वित्तीय क्षेत्र सुदृढीकरणका लागि सरकार र विश्व बैंकबीच १५ करोड डलर बराबरको सम्झौता

रेडियो कान्तिपुर संवाददाता

वैशाख २१, २०७९ | काठमाडौं

नेपाल सरकार र विश्व बैंकबीच वित्तीय क्षेत्र सुदृढीकरणका लागि सम्झौता भएको छ । अर्थमन्त्रालयका अनुसार वित्तीय क्षेत्र सुदृढिकरणका लागि सरकार र विश्व बैंकबीच १५ करोड  अमेरिकी  डलर बराबरको 'फाइनान्सियल फर ग्रोथ डेभलपमेन्ट पोलिसी कन्डक्ट' अर्थात 'वृद्धिका लागि वित्त' आयोजनाको सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

 सम्झौतापत्रमा अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभएको छ । अर्थसचिव मरासिनीले जसले कोभिड–१९ र जलवायु परिवर्तनका उदीयमान जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणलाई मूल प्रवाहमा ल्याउन ल्याउन आयोजना प्रभावकारी हुने बताउनुभयो ।

 हदाद–जर्भोसले सबै वित्तीय बजारहरुमा विस्तारित जलवायु–उत्थानशीलता एजेन्डाको शुरुवात गर्नुका साथै उत्थानशील पुनर्लाभमा समर्थन र महामारीको प्रतिकूल प्रभावहरुलाई न्युनीकरण गर्ने सरकारको नीति तथा प्राथमिकतामा थप योगदान पुर्‍याउने बताउनुभयो ।  


प्रतिक्रिया