बजेटले संकट ल्याउने कंक्रिट मिक्सर उद्योगीहरुको गुनासो

जेष्ठ १८, २०७९

भवन तथा पुर्वाधार निर्माण क्षेत्रमा सिमेन्ट र गिट्टी, बालुवा घोल्न प्रयोगमा आउने कंक्रिट मिक्चर मेशिन उत्पादन गर्ने उद्योगीहरुले अहिलेको बजेट भाषणको प्रवधानले आफ्ना उद्योगहरु संकटमा पर्ने बताएका छन् । 

मिक्चर उद्योगीहरुले भारतबाट फलाम लगायतका कच्चा पदार्थ ल्याएर मेशिन बनाउँदै आएका छन् । अहिलेको बजेट भाषणमा कच्चा पदार्थ आयातमा कर बढेको छ । कंक्रिट मिक्चर मेशिन उत्पादन गर्दै आएका चितवनका उद्योगी तारा पौडेलले मेशिन बनाउन ल्याउने सामग्रीमा कर बढेको तर भारतमा बनेको सिंगो मेशिनको भन्सार दर कम भएकोले स्वदेशी उद्योगलाई संकटमा पार्ने बताउनुभयो ।

नेपालमा कंक्रिट मिक्चर बनाउने ११ वटा उद्योगहरु रहेपनि हाल तीनवटाले मात्रै उत्पादन गर्दै आएका छन् । कंक्रिट मिक्सर उत्पादन गर्ने बुटबलको नेशनल इन्जिनियरिङका रामप्रसाद खनालले कुनै बेला बार्षिक १५ सयवटा मिक्सर उत्पादन गरेपनि हाल सयवटा पनि उत्पादन नहुने बताउनुभयो । भारतमा ६५ हजारसम्म तयार हुने मेशिन नेपालमा दुई लाख रुपैयाँको हाराहारीमा पर्ने उहाँले बताउनुभयो । मिक्चर उद्योग जोगिए तीन हजारले रोजगारी पाउनुका साथै देशकै उत्पादनले माग पुरा हुने उद्योगीहरुको भनाई छ । 


प्रतिक्रिया