सेयर बजारका समस्या समाधान गर्न समिति गठन

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २५, २०७९ | काठमाडौं

सेयर बजारका समस्या समाधान गर्न समिति गठन भएको छ । अर्थमन्त्री जनार्दन शर्माको पहलमा अर्थ अर्थमन्त्रालयका उपसचिव, धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा एक प्रतिनिधि र राष्ट्र बैंकका प्रतिनिधि रहनेगरी समिति गठन भएको हो ।

 समितिले सेयर बजारमा देखा परेका समस्या समाधान गर्न आवश्यक अध्ययन गरेर सुझाव पेश गर्ने बताइएको छ । यसैबीच, पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले रेडियो कान्तिपूरसँग कुरा गर्दै सेयर बजारका समस्या समाधान गर्न समिति गठन गरेर मात्र नहुने बताउनुभएको छ ।

 यसअघि पनि समिति गठन गरेपनि प्राप्त सुझावहरुलाई कार्यान्वयनगर्न नसक्दा समस्या जस्ताको त्यस्तै रहेको उहाँले बताउनुभयो । सरकारले कार्यान्वयन तहमै गएर कडा रुपमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । 


प्रतिक्रिया