मूल्यवृद्धि झण्डै ८ प्रतिशत

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २७, २०७९ | काठमाडौं

चालु आर्थिक वर्षको वैशाख महिनामा उपभोक्ता मूल्य दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा दोब्बरले मूल्य वृद्धि भएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वैशाख महिनामा मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि जम्मा ३ दशमलव ६५ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७ दशमलव १३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८ दशमलव ४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मूल्यवृद्धि भने ५ दशमलव ८४ प्रतिशत रहेको छ ।

२०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलको मूल्यवृद्धि सबैभन्दा उच्च छ । 



प्रतिक्रिया