रेमिट्यान्स शून्य दशमलव २ प्रतिशतले वृद्धि

जेष्ठ २७, २०७९ | काठमाडौं

चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स शून्य दशमलव २ प्रतिशतले वृद्धि भई ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १९ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १ दशमलव ६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव १ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २ सय ९८ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ दशमलव ४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १ सय ८५ दशमलव ५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४ सय ६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४ प्रतिशतले घटेको थियो ।


प्रतिक्रिया