मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा आइतबार विद्युत् उत्पादन बन्द हुने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७९

लमजुङमा सञ्चालित १ सय ५० मेगावाट क्षमताका ३ जलविद्युत आयोजनाको विद्युत उत्पादन आज दिनभरका लागि बन्द भएको छ । ७० मेगावाटको मध्य मस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृह मर्मत कार्यका लागि भन्दै विद्युत उत्पादन बन्द गरिएको हो । मर्मत कार्यका लागि विद्युतगृहबाट आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गत वर्ष असार १९ मा आएको पहिरोले मध्यमस्र्याङ्दी–मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढढालेको थियो । सो ठाउँमा निर्माण गरीएको नयाँ टावरमा तार टाग्नका लागि विद्युत सट डाउन भएपछि सो लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द भएको हो । १ सय ५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने जनाएको छ । आज मध्यमस्र्याङ्दीबाट विद्युत उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत निर्यात कम हुने छ । 


प्रतिक्रिया