अन्तराष्ट्रिय व्यापार मेला आजदेखि

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७९

घरेलु तथा स्वदेशी बस्तुहरुको प्रर्वद्धन गर्ने उदेश्यले अन्तराष्ट्रिय व्यापार मेला काठमाडौंकौ भृकुटीमण्डपमा आज शुरु हुँदैछ । चेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ ।

मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिवुटी जन्य बस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरुको प्रर्दशनी एवं बिक्री गरिने आयोजक चेम्बरले जनाएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेतगरि १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् । कोभिड १९ बाट शिथिल अर्थतन्त्रलाई क्रियाशील बनाउने उद्देश्यले विभिन्न राष्ट्रको सहभागितामा अन्तराष्ट्रिय एक्स्पो आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो ।  


प्रतिक्रिया